एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ‘अन्तर्राष्ट्रिय साहसी महिला’ सम्मान

छहारी संवाददाता
फाल्गुन २१, २०७७

एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (इन्टरनेशनल विमेन अफ करेज) आईडब्ल्यूओसी पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छ ।

तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो सम्मान प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदानको औपचारिक घोषणा गर्ने छन् ।

प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ । अघिल्ला वर्षमा पाकिस्तानकी किशोरी मलाला युसुफजईलाई पनि यही पुरस्कारबाट सम्मान गरिएको थियो ।
प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले मुस्कानलाई वीरगन्जमा २०७६ सालमा एसिड आक्रमण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*