आजदेखि प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सुरु हुँदै

छहारी संवाददाता
फाल्गुन २१, २०७७

सातौं संस्करणको प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगितामा आजदेखि सुरु हुँदैछ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २१ देखि २५ गते सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा पाँच टिमको सहभागिता छ ।

च्याम्पियनले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब सहित होगांजी न्यू डायमण्ड क्लब,स्थानीय टोली लुम्बिनी युनाइटेडले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*