गैँडाको आक्रमणमा परी एकको मृत्यु

छहारी संवाददाता
२० फाल्गुन २०७७, बिहीबार १८:५५

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणमा परी आज एकको मृत्यु भएको छ ।

नवलपुरको मध्यबिन्दु नगरपालिका–१२ मा गैँडाको आक्रमणमा परी ४४ वर्षीय पविसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीलाई उद्धृत गर्दै न्युज २४ ले लेखेको छ ।

बारीमा घाँस काट्न गएका समयमा गैँडाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो । गैँडाको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको उहाँँले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*