२२ तोला सुनको सिक्रीसहित भारतीय नागरिक पक्राउ

छहारी संवाददाता
फाल्गुन २०, २०७७

काठमाडौंको नागढुंगा चेकप्वाइन्टबाट २२ तोला सुनको सिक्रीसहित एकजना पक्राउ परेका छन् ।

२२ तोला ३२ लाल तौलका २४ थान सिक्री सहित भारतीय नागरिक तापस सस्माललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ना १ ज ७९२१ नम्बरको टाटा सुमो चेकजाँच गर्ने क्रममा सुमोमा सवार तापसको साथबाट उक्त परिमाणको सुनको सिक्री बरामद भएको हो । सुनको सिक्रीको बिल भर्पाई नभएकाले आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*