रेडक्रस मकवानपुरको ५३ औं वार्षिक साधारण सभा सम्पन्न
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरको ५३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मकवानपुर गढीगाउँपालिका ५ धादिङमा बिहिबार सम्पन्न कार्यक्रममा रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष डाक्टर नेत्र प्रसाद तिमल्सीनाको प्रमुख आतिथ्यता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, रेडक्रसका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, डिएलपीआइयु शिक्षा मकवानपुरका प्रमुख बद्री बहादुर पाठक, तत्कालिन जिल्ला विकास समितिका पूर्व उपसभापति बद्री लंसाल लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा भएको हो ।







