कोरोना अपडेटः नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५ हजार ५ सय ३६ जनाको पीसीआर परीक्षण गरेकोमा १ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७४ हजार चार सय ८८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७८ जना संक्रमित निको भएका छन् । योसंगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये ३ हजार १० जनाको ज्यान गएको छ भने सात सय ९५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।







