पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको दशौं स्मृति दिवस आज

छहारी संवाददाता
फाल्गुन २०, २०७७

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको दशौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

उहाँको २०६७ साल फागुन २० गते निधन भएको थियो । विसं १९८१ मा जन्मिएका भट्टराईले राणाशाही र पञ्चायत विरुद्धको संघर्षका क्रममा लामो समय जेल जीवन बिताउनु भएको थियो ।

२००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा सक्रिय भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्मा पहिलोपटक प्रधानमन्त्री हुनु भएको थियो । उहाँ २०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधि सभाको पहिलो सभामुख पनि हुनुहुन्छ ।

भट्टराईले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एउटा छाता, सुराही र टिनको बाकस मात्र आफूसँगै लिएर फर्किनु भएको थियो । किसुनजी भनेर समेत चिनिने उहाँ सन्त र आदर्श नेताको रुपमा पनि परिचित हुनुहुन्छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*