सुन बिहिबार तोलाको ८६ हजार ५ सय रुपैयाँमा कारोबार

छहारी संवाददाता
फाल्गुन २०, २०७७

सुनको मुल्य बिहिबार तोलामा एक हजार रुपैयाँले घटेर ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार तोलामा ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज फेरि घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरोनाको जोखिम पछि भएको लकडाउनका क्रममा तोलामा एक लाख रुपैयाँ कटेको सुनको मुल्य अहिले घट्न थालेको हो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*