झुरझुरेमा बिहिबारदेखि खुल्ला नकआउट फुटबल सुरु हुँदै

छहारी संवाददाता
२० फाल्गुन २०७७, बिहीबार ११:३१

बागमती गाउँपालिकाले खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको छ ।

बागमती ४ झुरझुरे खेलमैदानमा आजबाट सुरुहुने प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु)ले गर्नु हुनेछ । ग्रामिण बहुउद्देश्यीय समाज नेपालको सहकार्यमा आयोजित प्रतियोगितामा १२ टिमको सहभागी रहने संस्थाका सचिव केदार थापाले जानकारी दिनु भयो ।

स्थानीयस्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउनुका साथै आन्तरिक खेलकुदको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष चित्र बहादुर पुलामिले बताउनु भयो ।

राष्ट्रको लागी खेल, स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ सुरु हुन लागेको प्रतियोगितामा फापरबारी युवा क्लब, बकैया ५, बागमती गाउँपालिका ललितपुर, करौजे युवा क्लब, बारा गढी युवा क्लब, आकाश बलिदान सहिद स्मृति झुरझुरे युवा क्लब, एफसि लामिटार, एफसि बनस्खण्डी युवा क्लब, पारिजात युवा क्लब बकैया, रेडस्टार युवा क्लब भोर्लेनी र आयोजक गरि १२ टिमले प्रतिप्रर्धा गर्नेछ्न ।

प्रतियोगिताको विजेता टिमले १ लाख र उप विजेताले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्रप्राप्त गर्नेछन । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, स्ट्राईकर, प्लेयर अफ द टुर्नामेण्ट र म्यान अफ द म्याच हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

२०५३ सालमा स्थापित यस संस्थाले खेलकुदसँगै समाजका अन्य उत्तरदायित्वहरुलाई पनि वहन गर्दै आएता पनि केहि समय भने निस्कृय रहेको थियो । यद्यपी अब पुनः विभिन्न समयमा सामाजिक काम गर्दै सँगै खेलकुद गतिविधि समेत गर्दै जाने संस्थाका सचीव थापाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*