हेटौंडा जेसिजले आयोजना गरेको स्लो बाइक कम्पीटिसनमा सुरज पाण्डे प्रथम

छहारी संवाददाता
फाल्गुन २०, २०७७

हेटौडा जेसिजले आयोजना गरेको जेसिज सप्ताह अन्तर्गत स्लो मोटरसाइकल रेस सम्पन्न भएको छ। १३ जनाले सहभागीता जनाएको प्रतियोगितामा सुरज पाण्डे प्रथम र जयराम कुँवर द्वितीय हुनु भएको छ ।

वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम हेटौंडा जेसिज बर्ष २०२१ का अध्यक्ष लिसेन बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रम नेपाल जेसिजका बर्ष २०२१ को कार्यकारणी उपाध्यक्ष अरुण कुमार दाहाल, हेटौंडा जेसिज बर्ष २०२० का अध्यक्ष राजदेव बानियाँ, मकवानपुर ट्राफिकका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपाल लगायतकाको उपस्थिति रहेको थियो।

प्रथम र द्वितीय हुने प्रतियोगितालाई प्रमुख अतिथि प्रहरी निरीक्षक बिष्टले पुरस्कार प्रदान गर्नु भएको हो । ट्राफिक सचेतना अभिवृद्धिका लागि कार्यक्रमको आयोजन गरिएको कार्यक्रम संयोजक महेश अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*