हेटौंडामा बुधबारदेखि नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

छहारी संवाददाता
फाल्गुन १८, २०७७

हेटौंडामा फागुन १९ गते भोलीदेखि नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता तेस्रो संस्करण २०७७ हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा हेटौंडा–४ हुप्राचौर खेलमैदानमा हुने प्रतियोगिता फागुन २२ गतेसम्म संचालन हुनेछ ।

प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ १३ वटा टिमको सहभागिता रहने मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिताको विजेता ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय नगदसहित पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । कुल ६ लाख रुपैयाँ लागतमा संचालन हुने खेलमा हेटौंडा उपमहानगरपालिकाले २ लाख ५० हजार र प्रदेश खेलकुद विकास परिषद्ले ३० हजार रुपैयाा सहयोग उपलब्ध गराएको छ । अपुग रकम भने अन्य स्रोत परिचालन गरि संकलन गर्नै आयोजकले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मेयर हरिबहादुर महतले खेलको उद्घाटन गर्नुहुनेछ । केशवलाल श्रेष्ठले खेल क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप प्रतिष्ठानले गत ३ वर्षदेखि हेटौंडा उपमहानगरपालिकासंगको सहकार्यमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*