दोभान बजारमा भीषण आगलागी, ४० घर जलेर नष्ट

छहारी संवाददाता
फाल्गुन १८, २०७७

ताप्लेजुङ्गको दोभान बजारमा आगलागी हुँदा कम्तीमा ४० घर जलेर नष्ट भएका छन्। सदरमुकाम फुङ्गलिङ्ग बजार नजिकै रहेको दोभान बजारमा मंगलबार बिहान ८ बजेतिर आगलागी भएको हो ।

काठका घरमा आगलागी भएकाले भीषण रुप लिएको हो । दोभान बजारको एक पाटो आगलागीका कारण पूरै नष्ट भएको छ । आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण यकिन नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गका डिएसपी बालनरसिंह कुँवरलाई उद्धृत गर्दै देशसञ्चारले लेखेको छ ।

स्थानीय बासिन्दा र फुङ्गलिङ्ग नगरपालिकाको दमकलको प्रयासमा आगो नियन्त्रणमा लिइएको हो । स्थानीय बासिन्दाले विद्युत सर्ट भएर आगलागी भएको बताएका छन् । तर आगलागीको कारण यकिन नभएको डिएसपी कुँवरले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*