विप्लव समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन

छहारी संवाददाता
फाल्गुन १८, २०७७

सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ।

सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको हो। सरकारका प्रवक्ता पार्वत गुरुङले विज्ञप्ति जारी गरेर वार्ता समिति गठन गरिएको जानकारी दिनुभएको हो ।

यसअघि विप्लवले सहज वातावरण भए सरकारसँग वार्ता गर्न तयार रहेको भन्दै वक्तव्य जारी गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*