सुन एकैदिन तोलामा १७ सयले घट्यो, तोलाको ८८ हजार ७ सय रुपैयाँमा कारोबार
सुनको मुल्य मंगलबार एकैदिन तोलामा एक हजार सात सय रुपैयाँ घटेको छ ।
हिजो तोलाको ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुनको मुल्य आज ८६ हजार ५५० रुपैयाँ तोकिएको छ ।
सुनसँगै चाँदीको मुल्य पनि घटेको छ । हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य ओरालो लागि रहेकाले नेपालमा पनि अझै घट्न सक्ने अनुमान गरिएको छ ।







