मोटरसाइकलको ठक्करबाट विद्यार्थीको मृत्यु

छहारी संवाददाता
फाल्गुन १७, २०७७

मोटरसाइकलको ठक्करबाट दाङमा एक विद्यार्थीको मृत्यु भएको छ।

विद्यालयबाट घर फर्किने क्रममा रा ४ प ७७४ नम्बरको मोटराईकलले ठक्कर दिँदा घोराही उपमहानगरपालिका वडा नम्बर १७ सिस्ने खोलाका १५ वर्षिय अमृता आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हिन्दू विद्यापीठ नेपाल घोराही कक्षा ८ मा अध्ययन छात्रालाई मोटरसाईकलले ठक्कर दिएको हो । उपचारका लागि अस्पताल लैजादै गर्दा आचार्यको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*