सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

छहारी संवाददाता
फाल्गुन १५, २०७७

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ ।

दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ ।

पुलचोक स्पोर्टस् क्लब १ अङ्कसहित तालिकाको पुछारमा अर्थात् १२ औँ स्थानमा रहेको छ भने श्री भगवती क्लब ५ अङ्कसहित १० औँ स्थानमा रहेको छ । यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ ।

बाँसबारी १४ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ भने श्री कुमारी क्लब ६ अङ्कसहित आठौं स्थानमा रहेको छ । हिजो भएको खेलमा सातदोबाटो र मध्यपुर विजयी भएका थिए । सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई ३–२ ले र मध्यपुर युथ एशाेसियसनले टुसाल क्लबलाई २–० ले हराएको थियो ।

लिगमा सातदोबाटो युथ क्लब १९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*