देशका केहि स्थानमा आज मौसम सफा भएपनि पहाडी क्षेत्रमा बेलुका हल्का वर्षाको सम्भावना
देशका केहि स्थानमा आज मौसम सफा भएपनि पहाडी क्षेत्रमा बेलुका हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, अहिले तराईका धेरैजसो ठाउँमा हल्का हुस्सु कुहिरो लागेपनि विस्तारै हट्दै जानेछ । आज बेलुका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाले तत्काल ठूलो वर्षाको सम्भावना भने नरहेको बताएकोृ छ ।







