परिस्थितिलाई आफू अनुकूल बनाउन चाहनेहरुबाट मेरो राजीनामाको हल्ला आयोः महान्यायाधिवक्ता खरेल

छहारी संवाददाता
फाल्गुन ११, २०७७

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पार्नुभएको छ ।

मंगलवार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताउनुभएको हो । आफू राजीनामा दिने सोचमा समेत नरहेको बताउनुभयो । आफूले प्रेस स्वतन्त्रताको बारेमा सधै अगाडि रहेर आवाज उठाइ राखेको तर आफ्नो राजीनामाको बारेमा एक पटकसमेत नसोधिकन समाचार आउँदा दुःख लागेको बताउनुभएको उज्यालो अनलाइनले लेखेको छ ।

महान्यायाधिवक्ताले राजीनामा गर्यो भन्ने विषय आउँदा मिडियाले आफूलाई एकपटक पनि नसोधिकनै समाचार सम्प्रेषण गरेको उहाँले बताउनुभयो । अहिलेको परिस्थितिलाई आफू अनुकूल बनाउन चाहानेहरुबाट यस्तो हल्ला आएको पनि महान्यायाधिवक्ता खरेलले बताउनुभयो ।

आफूले अदालतमा गरेको बहसप्रति प्रधानमन्त्री सन्तुष्ट रहनुभएको उल्लेख गर्दै मिडियामा आएका विभिन्न हल्ला निराधार रहेको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले असन्तुष्टि जायर गर्नुभयो भन्ने कुरा कतै स्रोत नखुलेको भनेर मिडियामा आएको पाइएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*