डा. शाह एन्टीडोपिङ्ग बोर्ड सदस्यमा मनोनित
राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा बिज्ञको रुपमा कार्यरत डा. ज्ञानेन्द्र बिक्रम शाह नेपालको तर्फबाट दक्षिण एशियाली क्षेत्र एन्टीडोपिङ्ग अर्गनाईजेशनको (South Asian Regional Anidoping Organization (SA-RADO) बोर्ड सदस्यमा मनोनयन हुनु भएको छ ।
शाहलाई सन् २०२० देखि २०२४ सम्म ४ बर्षका लागि उक्त बोर्डमा मनोनयन गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वरा हस्ताक्षरित पत्रमा जनाईएको छ । डा. शाहले उक्त बोर्डमा बस्दा नेपालमा एन्टीडोपिङ्ग सम्वन्धि गतिबिधीहरुको अध्यन अनुसन्धान, प्रचार प्रसार गर्नुका साथै उक्त संस्थाले गरेका एन्टीडोपिङ्ग सम्वन्धि कार्यहरुको नियमित अध्यावधिक प्रतिवेदन मन्त्रालयलाई प्रस्तुत गर्नुपर्नेछ ।
नेपालमा हाल सम्म पनि एन्टीडोपिङ्गको कुनै संस्था नभएका कारण उक्त कार्यहरु नेपाल ओलम्पिक कमिटि मार्फत हुँदै आएको छ । एन्टीडोपिङ्गको संस्था संचालन गर्न निकै ठुलो धनरासी आवश्यक पर्ने भएका कारण संस्था स्थापनामा ढिलाई भईरहेको जनाईएको छ ।
यस्तै डा.शाह अन्तराष्ट्रिय भारोत्तोलन महासंघको एन्टीडोपिङ्ग कमिसनको सदस्यमा समेत मनोनित भएको डा. शाह स्वयंले जानकारी दिनुभयो ।
महासंघले बिश्वभरिका आफ्ना सदस्य राष्ट्रहरुको कार्यक्षमताको आधारमा नेपालको तर्फबाट शाहलाई चयन गरेको हो । १८० भन्दा बढि राष्ट्रमा कार्यरत यो संस्थामा नेपालको यो पहिलो सहभागिता हो । हाड तथा जोर्नी बिज्ञ डा. शाह नेपालकै पहिलो अस्पताल बिर अस्पतालको ट्रमा सेन्टरमा समेत कार्यरत रहँदै आएकाछन् ।





