सहिद स्मारक ‘बी’ डिभिजन लिगका बाँकी खेल आजदेखि सुरु
सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गतका बाँकी खेल आजदेखि सुरु भएका छन् ।
कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गएको वर्ष चैत ५ गते स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ । पहिलो खेल १२ः १५ बजे तथा दोस्रो खेल दिउँसो ३ः ३० बजे हुने एन्फाले जनाएको छ ।





