सुन मंगलबार तोलाको ९० हजार एक सय रुपैयाँमा कोरोबार

छहारी संवाददाता
फाल्गुन ११, २०७७

सुन आज तोलामा ११ सय रुपैयाँले बढेसंगै तोलाको ९० हजार एक सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो हप्ताको अन्तिम दिन भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ यो हप्ता लागेदेखि फेरि बढ्न थालेको छ । अस्ति आइतवार तोलामा ८ सयले बढेर ८९ हजार रुपैयाँमा पुगेको सुनको मूल्य हिजो भने स्थिर थियो । तर, आज फेरि तोलामा ११ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १३ सय ३५ रुपैयाँ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*