विप्लव समूह र सरकारबीच वार्ताको चर्चा चलिरँदा नेता बाँस्तोला फेरि पक्राउ

छहारी संवाददाता
फाल्गुन १०, २०७७

वार्ताको चर्चाका बीच नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले फेरि पक्राउ गरेको छ । बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको हो ।

सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो । तर अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले सर्वोच्च परिसरबाट पक्राउ गरेको, रातोपाटी डटकमले लेखेको छ ।

उहाँमाथि काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरि पालले जानकारी दिनुभयो । ।

पुस २९ गते प्रहरीले बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यससता उहाँलाई प्रहरीले सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटक पटक पक्राउ गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*