आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको थिँएः पूर्वकार्यकारी निर्देशक घिसिङ

छहारी संवाददाता
फाल्गुन १०, २०७७

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्यसँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभएको छ ।

सोमबार काठमाण्डौमा विद्यार्थीहरू माझ भएको एक कार्यक्रममा बोल्दै पूर्वकार्यकारी निर्देशक घिसिङले आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको बताउनुभयो । अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै उहाँले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताउनुभएको छ । प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने भन्दै राजनीति बदलिनुपर्ने बताउनुभएको हो ।

देशले सामाजिक रूपान्तरणको भारी बोक्न नसकेकाले राजनीति, प्रशासन, सिङ्गो समाज र मानिसहरूको मानसिकता रूपान्तरणका लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*