दुई वटा चितुवाको छालासहित तीन जना पक्राउ

छहारी संवाददाता
फाल्गुन १०, २०७७

प्रहरीले बाँकेको राप्तीसोनारी गाँउपालिका १ कुसुमबाट दुई वटा चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

आइतवार राति सल्यान बाघचौर नगरपालिका ३ का जितबहादुर डीसी, कुमाख गाउँपालिका ७ का कमल डीसी र हिमेन्द्रबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो । चितुवाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरूलाई चितुवाको छालासहित पक्राउ गरेको हो ।

यसैबीच प्रहरीले नेपालगञ्जको जमुनाह नाकाबाट १० लाख भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालगञ्जको भन्सार चेकप्वाइन्टमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतको उत्तरपूर्वी दिल्ली जफ्फरावादका मुनवर खाँको साथबाट ती रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*