सुदूरपश्चिमबाट औद्योगिक विकासको युग सुरुः उद्योगमन्त्री भट्ट

छहारी संवाददाता
फाल्गुन ९, २०७७

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताउनुभएको छ । आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताउनुभएको हो । सुदुरपश्चिम प्रदेशमा धमाधम औद्योगिक क्षेत्र सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमवार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न आउने जानकारी दिँदै उद्योग मन्त्री भट्टले ुसुखी नेपाली समृद्ध नेपालु को नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको बताउनुभयो । नौ अर्ब रुपैयाँको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको मन्त्री भट्टको भनाइ छ ।

कैलालीको हरैयामा साढे तीन सय बिघा क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाहको अध्ययन प्रतिवेदनको काम अगाडि बढीरहेको जानकारी दिँदै मन्त्री भट्टले खानीहरूको पहिचान गरेर उत्खनन, अन्वेषण गर्ने कार्य सुरु गरिएको पनि बताउनुभयो ।

निर्माणाधीन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमकै मेडिकल विश्वविद्यालयको रूपमा विकास गर्न लागिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*