नेपाली किशोरीको बलात्कारपछि हत्या प्रकरणमा ९ जनाले गरे आत्मसमर्पण

छहारी संवाददाता
फाल्गुन ९, २०७७

भारतको बिहार राज्यको पश्चिम चम्पारणस्थित कुण्डवा चैनपुरमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेर प्रमाण मेटाउन र शव जलाउन सहयोग गरेका ९ जना आरोपीहरुले आत्मसर्पण गरेका छन् ।

शनिबार कुण्डवा चैनपुर थानामा उनीहरुले आत्समर्पण गरेको बिहार प्रहरीले जनाएको छ । एक साताभित्र गिरफ्तारी नदिए घर सम्पत्ती जफत हुने अदालतको सूचनाको म्याद सकिन एक दिनअघि उनीहरुले आत्मसमर्पण गरेका हुन् ।

कुण्डवा चैनपुर नवनियुक्त थानाध्यक्ष मिथीलेश कुमार यादवले कान्तिपुरसँग टेलिफोनमा बताए अनुसार ९ जना मध्ये ४ जनाले बालिकामाथि दुष्कर्म गरी हत्या गरेको आरोप छ । घर बेटी सियाराम साहका छोरा विनयमाथि दुष्कर्म र हत्याको अभियोग छ । अन्य सातविरुद्ध जबरजस्ती प्रमाण मेटाउने र जलाएको आरोप छ ।

यसैगरी प्रमाण मेटाउन र शव जलाउन सहयोग गर्ने कुण्डवा चैनपुर थानाका तात्कालीन थानाध्यक्ष सञ्जिव रञ्जन भने फरार रहेको ईकान्तिपुरले लेखेको छ । गत माघ ८ गते बारबर्दिया नगरपालिका—३ कि १२ वर्षीया बालिका सुमित्रा विकलाई भारत बिहार राज्यमा सामुहिक बलात्कार पछि हत्या गरी जलाइएको थियो । बिहार राज्यको पूर्वी चम्मारण जिल्लामा परिवारका साथ बस्दै सुमित्रामाथि सामूहिक बलात्कारपछि हत्या गरी जलाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*