सुनको भाउ ८ सय रुपैयाँले बढ्यो
केही दिनदेखी ओरालो लागेको सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । शुक्रवार तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।







