प्रदेश १ को प्रदेशसभा बैठक बस्दै,मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावको टेबल गर्ने कार्यसूची

छहारी संवाददाता
फाल्गुन ९, २०७७

प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावको टेबल गर्ने कार्यसूची छ ।

दुई बजे प्रदेशसभाको बैठक बोलाउने सूचना भए पनि कार्यव्यवस्था परामर्श समितिको बैठक अहिलेसम्म बोलाइएको छैन ।

माघ ७ गते प्रदेशसभामा प्रदेश प्रमुखले पठाएको पत्र पढेर स्थगित भएको प्रदेशसभा माघ २५ गते बसेको थियो ।

हिउँदे अधिवेशनको दोस्रो प्रदेशसभाको बैठक नेकपाको ओली समूहका सांसदले अवरोध गरेपछि फागुन ९ लाई बोलाइएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*