कोरोना अपडेटः विदेशमा निधन हुने नेपालीको संख्या ३ सय ३६

छहारी संवाददाता
फाल्गुन ९, २०७७

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट विदेशमा यो साता थप एक जना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको संक्रमणबाट निधन भएको हो। यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन्।

संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*