गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि आक्रमण,दुई राउण्ड हवाई फायर

बेवारिसे अवस्थामा गाँजा र भाङ बरामद
छहारी संवाददाता
फाल्गुन ९, २०७७

बरामद गरिएको १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको मकवानपुर प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका९१ कुपिनटारमा आक्रमण भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । प्रहरीको कामकारबाहीमा बाधा पुर्‍याएकोले राक्सिराङ(१ का ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो

। मकवानपुरको राक्सिराङ गाउँपालिका-१ गाल्छाराङमा बारीमा लुकाइराखिएको १८ क्विन्टल गाँजा प्रहरीले शनिबार बरामद गरेको थियो । सो गाँजा नष्ट गरी कार्यालयतर्फ फर्कने क्रममा स्थानीयले बाटो अवरुद्ध गरी प्रहरीको गाडी र प्रहरीहरूमाथि आक्रमण गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसैबीच राक्सिराङ-१ कुपिनटारबाट १५ किलो गाँजा र १४ किलो भाङ बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*