कोरोना अपडेटः पछिल्लो २४ घण्टामा ८८ जना संक्रमित, मृत्यु शुन्य

छहारी संवाददाता
फाल्गुन ८, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ।

मन्त्रालयका अनुसार शनिबार थप १ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ७ सय ५५ पुगेको छ। हाल देशभर १ हजार ५ सय ३५ जना सक्रिय संक्रमित रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*