हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक छः विप्लव

छहारी संवाददाता
फाल्गुन ८, २०७७

नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।

शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*