निर्मलाको हत्यारा अब छिट्टै पक्राउ पर्छः गृहमन्त्री बादल
गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अब छिट्टै पक्राउ पर्ने बताउनु भएको छ ।
नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नु प्रधानमन्त्रीको उद्घोष कार्यान्वयन गरिएको भन्दै उहाँले निर्मलाको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको बताउनुभयो ।
उहाँले अब छिट्टै निर्मलाको अपराधी कानूनी कठघरामा उभिने ठोकुवा गर्नुभयो ।







