प्रचण्ड खिएर सकिन लागेको प्रधानमन्त्री ओलीको टिप्पणी

उपराष्ट्रपतिले संसद विघटनप्रति असन्तुष्टि व्यक्त गरेकामा ओलीको आपत्ति
छहारी संवाददाता
फाल्गुन ८, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड खिएर सकिन लागेको टिप्पणी गर्नु भएको छ ।

शनिबार नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको सभामा उहाँले प्रचण्डलाई अब काँध हाल्न नसकिने बताउनुभयो । प्रचण्डलाई राम–राम मात्र भन्न सकिने तर काँध हाल्न नसकिने उहाँको टिप्पणी थियो । प्रधानमन्त्री ओलीले वैद्य, डाक्टरले प्रचण्डलाई छोडेको भन्दै अब झाँक्रीले समेत बचाउन नसक्ने भनी व्यङग्य गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनप्रति असन्तुष्टि व्यक्त गरेकामा आपत्ति जनाउनु भएको छ । विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले उपराष्ट्रपतिको काम सरकारविरुद्ध भाषण गर्दै हिँड्ने नभएको टिप्पणी गर्नुभयो ।

यसैबीच , प्रधानमन्त्री ओलीले संसद विघटन विरुद्धको मुद्दामा सर्वोच्चले अन्यथा फैसला नगर्नेमा आफु विश्वस्त रहेको बताउनु भएको छ । उहाँले सर्वोच्चले कसैको दबाबमा अन्यथा फैसलानगर्ने भन्दै अब चुनावतर्फ लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*