२५ किलो गाँजासहित दुई जना प्रहरी नियन्त्रणमा
मकवानपुर प्रहरीले गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गाँजा बोकेर ल्याएको अटोसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
नेवारपानीबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ह ७२३६ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोको पछाडि पट्टिको सिट मुनी लुकाइ राखेको २५ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा राक्सिराङ पलासेका अटो चालक २१ बर्षीय नवराज थिङ र सोही ठाउँ बस्ने २० बर्षीय बाबुराम थोकर रहेका छन् ।
गाँजा सहित पक्राउ परेका व्यक्ति र अटोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता,प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताउनुभएको छ ।







