प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधाननको धारा १६५ को उपधारा १ खण्ड बमोजिम परियारलाई राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी हुन्।
राष्ट्रपति कार्यालयले त्यसबारे जानकारी सार्वजनिक गरेको छ।








