नेकपा र राप्रपा परित्याग गरी २ सय २५ जना कांग्रेसमा प्रवेश

छहारी संवाददाता
फाल्गुन ७, २०७७

प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ११ वडा समितिले सहिद स्मारकमा गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा र राप्रपा पार्टी परित्याग गरी २ सय २५ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस ११ नम्बर वडा सभापति विष्णु खनालको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा जनक लामिछाने, राजकुमार कप्रौलालगायत २ सय २५ जना कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई नेता बानियाँले सदस्यता दिई खाँदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा कांग्रेसको सूचना तथा प्रचार विभागका केन्द्रीय सदस्य एवं कलाकार निर शाह, प्रतिनिधिसभा २ का संघीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, कोभिड १९ मकवानपुरका संयोजक उत्सव ईटेनी, तरुण दल नगर अध्यक्ष सुनिल गिरी, ११ नम्बर वडा सदस्य अर्जुन शर्मा कंडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*