सुतेकै अवस्थामा अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु
अमेरिकास्थित टेक्सासको ह्युष्टनमा बस्ने २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराई मृत फेला परेका छन् । उनी कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
सोमबार राति साथीसँग पार्टी गरेर सुत्न गएका भट्टराई मंगलबार बिहान मृत फेला परेका हुन् ।
पोस्टमार्टमको रिपोर्ट नआइसकेकाले उनको मृत्युको कारण खुल्न सकेको छैन । रिपोर्ट आएपछि उनको शव नेपाल पठाउने तयारी गरिएको छ ।







