पाँच पत्रकारलाई ललितकला पुरस्कार

छहारी संवाददाता
फाल्गुन ७, २०७७

नेपाल ललितकला पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पत्रकारहरुलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा ‘नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६’बाट दीपक श्रेष्ठ विहीन र २०७७ बाट सिर्जु बज्राचार्य पुरस्कृत भएका छन् ।

कला पत्रकारिता र कला इतिहासका अग्रणी व्यक्तित्व नारायणबहादुर सिंहको स्मृतिमा नेपाल ललितकला पत्रकार समाजले यो पुरस्कार स्थापना गरेको हो ।

यसैगरी, ‘सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार–२०७६’ बाट पत्रकार हेमन्त गौतम पुरस्कृत भएका छन् । त्यस्तै, २०७७ सालको सोही पुरस्कारबाट दीपक परियार पुरस्कृत भएका छन् ।

क्रोधकला शिरोमणि कालु कुमालेले स्वर्गीय पत्नी लक्ष्मीमाया कुमालेको स्मृतिमा सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार स्थापना गरेका हुन् ।

यसैगरी, ‘सोफाज ललितकला पत्रकारिता पुरस्कार’बाट राधा पौडेल अजवी पुरस्कृत भएकी छन् । सबै पुरस्कारको राशि ११ हजार १ सय ११ रुैपयाँको रहेको छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, क्रोधकला शिरोमणी कालु कुमाले र सोफाजका अध्यक्ष केशवराज खनालले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् ।

कार्यक्रममा कुलपति कर्माचार्यले पुरस्कृतहरुलाई बधाई दिनुहुँदै ललितकलाको विकास र विस्तारमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*