५८० जनाको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय

छहारी संवाददाता
फाल्गुन ६, २०७७

सरकारले प्रजातन्त्र दिवसको अवसरमा ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा ५८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको हो ।

सरकारले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले अपराधमा दोषी ठहर भई कानूनी कारबाहीको दायरामा नआई फरार रहेका र केही कैदमै भएका १५ जनालाई आममाफी दिने पनि निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*