४० प्रतिशतसम्म भाडा बढाउन यातायात व्यवसायीको माग

छहारी संवाददाता
फाल्गुन ६, २०७७

यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेका छन् ।

इन्धन र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर व्यवसायीले ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका हुन् ।सरकारले एक सातामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यात्रुवाहक तथा मालवाहक सवारीधनीहरूले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक–पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको थियो । महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम समेत दिएको छ । तर, सरकारले यसै हप्ता फेरि तेलको मूल्य बढाएको छ ।

एक हप्तामै लिटरमा ४ रुपैयाँ मूल्यवृद्धि भएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले पनि यातायात व्यवस्था विभागसँग भाडा बढाउन माग गरेको छ । सरकारले सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने व्यवसायीको माग छ । सरकारले २०६५ फागुन २० गतेबाट वैज्ञानिक भाडादर समायोजन सम्बन्धी कार्यविधि जारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*