परीक्षा समयमा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द

निरीक्षक र केन्द्राध्यक्षलाई विभागीय कारवाही गर्न सिफारिस
छहारी संवाददाता
फाल्गुन ६, २०७७

परीक्षा समयमा टिकटक बनाउने विद्यार्थीको परीक्षारद्द भएको छ । परीक्षाको मर्यादा विपरीत क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । शाहीले परीक्षाको समयमा टिकटक बनाइ सामाजिक सञ्जालमा राखेका थिए ।

त्यसैगरी टिकटकको विषयलाई लिएर विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई समेत परीक्षा बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*