यो वर्षको शैक्षिक सत्र जेठमा सकिने

असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय
छहारी संवाददाता
फाल्गुन ६, २०७७

कोरोना भाइरस ९कोभिड(१९० महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ ।

संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुधयो ।

संशोधित शिक्षा नियमावलीलाई आधार मानेर सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिनापछि धकेल्ने निर्णय गरेका हो ।

संशोधित शिक्षा नियमावलीमा, ‘महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्नेछ’ भन्ने वाक्यांश उल्लेख छ ।

एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ । सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक सत्र सकिन्छ । सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करिब दुई सय दिन विद्यालय सञ्चालन हुन्छ ।

शिक्षा मन्त्रालयले गत असोज १ गतेबाट ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ लागू तथा मूल्यांकन गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो । तर, असोजबाटै वैकल्पिक सिकाइ प्रभावकारी रुपमा लागु हुन सकेन । सिकाइ सहजीकरणमा विद्यार्थी जोड्न नसकेका विद्यालयहरुले माघ महिनाबाट भौतिक उपस्थितिमा विद्यालय सन्चालन सुरु गरेका छन् ।

माघबाट मात्रै पठनपाठन सुरु गरेका विद्यालयहरुको व्यवस्थापन र शिक्षकहरुमा जेठमा शैक्षिक सत्र पूरा गर्नका लागि महत्वपूर्ण जिम्मेवारी रहेको नेपाल महासंघका अध्यक्ष सुप्रभात भन्डारी बताउँछन् । उनी भन्छन्, ‘मंसिर तथा माघबाट मात्रै पढाउन सुरु गरेका विद्यालयका व्यवस्थापन र शिक्षकहरुमा जेठभित्रै सकाउने जिम्मेवारी आएको छ ।

अब सबै सार्वजनिक विदा कटौती गरेर पढाउनुपर्ने अवस्था आएको छ ।’ यो वर्ष पाठ्यक्रम संकुचन गरी ७० प्रतिशत बनाइएको छ ।

जेठमा नै शैक्षिक सत्र सक्ने दबाब उपत्यकाका विद्यालयहरुमा रहेको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा बताउँछन् । उनी भन्छन्, ‘उपत्यकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु सिकाइ सहजीकरणसँग जोडिन सकेका थिएनन् । भौतिक रुपमा विद्यालय सन्चालन भएपछि मात्रै जोडिएका विद्यार्थीहरुलाई अलि प्रेसर होला ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*