संसद विघटनले देशमा राजनीतिक र संवैधानिक संकट निम्तियोः उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकलाई राजनीतिक दुर्घटना तर्फ धकेलेको टिप्पणी गर्नुभएको छ ।
संसद विघटनको दुई महिनासम्म मौन रहनु भएका पुनले संसद विघटनले देशमा राजनीतिक र संवैधानिक संकट निम्तिएको जिकिर गर्नुभयो ।
नेपाल पत्रकार महासंघको २६ औं साधारणसभाको उद्घाटन समारोहमा उहाँले संविधान कार्यान्वयनको सुरुवाति चरणमै संसद भंग हुनु गलत भएका भन्दै यसले मुलुकको राजनीतिलाई सही दिशामा नलाने बताउनुभयो । उपपराष्ट्रपति पुनले संसद विघटनको विपक्षमा पूर्वप्रधानन्यायाधीशहरु समेत उभिएको भन्दै संसद पुनःस्थापना हुनुपर्ने माग गर्नुभयो ।







