गुडिरहेको ट्याक्टरमा करेन्ट लागेर आगलागी

छहारी संवाददाता
फाल्गुन ५, २०७७

सर्लाहीमा गुड्दै गरेको ट्याक्टरमा करेन्ट लागेर आगलागी भएको छ । मुर्तियाबाट जिरायततर्फ जाँदै गरेको ना। १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा नगरपालिका ९ मुर्तियामा करेन्ट लागेको हो । ट्याक्टरको ट्रलीमा उखुको भुस लोड गरिएको थियो ।

प्रहरीका अनुसार ११ हजार भोल्टको विद्युतको तारमा छुन गई करेन्ट लागेर आगलागी हुँदा ट्याक्टरको पछाडिको ट्रली र भुस पूर्ण रुपमा जलेको छ ।

आगलागीबाट दुई लाख रुपैयाँ बराबरको क्षति भएपनि मानवीय क्षति नभएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*