पत्रकार महासंघको २६ औं महाधिवेशन आज
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आज काठमाडौंमा हुँदैछ । राष्ट्रिय सभागृहमा आयोजित महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुनेछ ।
महाधिवेशनका लागि पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायत तीन सय जनाको उपस्थिती रहनेछ । महासंघका सचिव राम प्रसाद दाहालका अनुसार बुधबार नै महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस भएर छलफलपश्चात पारित हुनेछ ।
महासंघले नयाँ नेतृत्वका लागि एक महिनाभित्र चुनाव गर्ने योजना बनाएको छ ।







