भागरथीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका उनकै आफन्त/सहपाठी आज सार्वजनिक हुँदै

छहारी संवाददाता
फाल्गुन ५, २०७७

भागरथी भट्टको बलात्कार र हत्या आरोपमा पक्राउ परेका उनकै सहपाठीलाई प्रहरीले आज सार्वजनिक गर्देछ ।

भागरथीकै आफन्त पर्ने उनलाई आज दिउसो साँढे १२ बजे सार्वजनिक गर्न लागिएको सुदूरपश्चिम प्रहरी प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो । घटनाको १३औँ दिन हिजो प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुरुमा भागरथीलाई सानो भीरबाट लडाएर घाइते बनाई बलात्कार गरेको उनले प्रारम्भिक बयान दिएका छन् । विद्यालयबाट फर्किँदा बाटोमा बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन् भने भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका ती युवकसंग मिल्दो सबुत प्रहरीसंग छ ।

परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ । यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बयान दिएका छन् । आफन्त भएकाले पारिवारीक रिसइबीका कारण बलात्कार तथा हत्या गरेको देखिएको प्रहरीले बताएको छ ।

यसअघि उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा मात्र राखेको थियो । उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरिएको एसएसपी सिंहले बताउनुभयो । भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा समेत ती व्यत्तिः सहभागी हुँदै आएका थिए ।

स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी माघ २१ गते विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन् । अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*