पेट्रोलियम पदार्थको मुल्य फेरी बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरी बढाएको छ ।
मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मुल्य लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।
यसअघि माघ २८ गते पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्य वृद्धि गरेको निगमले फेरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।
मूल्य बढेपछि पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको छ








