कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, सय भन्दा बढी बेपत्ता

छहारी संवाददाता
फाल्गुन ४, २०७७

कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

कंगोको मानविय सहायता कार्यमन्त्री स्टीव एमबिकायरले डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पुष्टि गर्नुभएको हो । माइ नोम्बे प्रान्तको लङगोला नजिकै सात सय जना सवार डुंगा दुर्घटना भएको हो ।

उद्दारकर्ताहरुले तीन सय भन्दा बढीलाई जिवितै उद्दार गरेको बताइएको छ । रातको समयमा भएको दुर्घटनाका कारण मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् ।

अत्याधिक भार र क्षमताभन्दा बढी यात्रुका कारण सो दुर्घटना भएको बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*