७६ वर्षिया बृद्धा बलात्कारको आरोपमा दलबहादुर पक्राउ
७६ वर्षिया वृद्धालाई बलात्कार गरेको आरोपमा एकजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ ।
बारा कोल्हवी नगरपालिका ८ बस्ने ३९ वर्षका दल बहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो । लामाले मकै बारीमा स्थानीय एक वृद्धालाई बलात्कार गरेको प्रहरीले दाबी गरेको देशसञ्चाले लेखेको छ ।
आरोपीतलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।







